११ बैशाख २०८१, मंगलबार
Header

चीनको छिन्दाओ नगर प्रतिनिधिहरुद्वारा महानगरका प्रमुख शाक्यसँग शिष्टाचार भेट


प्रकाशित: सोमबार, २५ कातिक २०७६, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेटघाट गरेका छन । 


प्रमुख शाक्यसँग छन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरपालिकासँग भागिनी सम्बन्ध स्थापना गर्न आफू इच्छुक रहेको बताएको छ । 


सोमबार छिन्दाओ नगरपालिका पिपुल्स कंग्रेस, स्थायी कमिटिका महासचिव याङ् पेङ्मिङ्ले भेटवार्ता गर्दै सो प्रस्ताव गरेका हुन । 


नगरका प्रतिनिधि मण्डलले काठमाडौं घुम्न आउँदा आफूलाई आनन्द लागेको र अझ अझ धेरै ठाउँ घुमुँ घुमुँ लागेको प्रमुख शाक्यलाई बताएका थिए । 


महासचिव पेङ्मिङ्ले हाम्रो सहरमा बिद्युतजन्य सामानहरु उत्पादन हुन्छ । त्यहाँका सामान काठमाडौं ल्याउन सक्छौं । हामी काठमाडौंलाई प्रबिधि, प्राबिधिक बिषय उद्योग वाणिज्य र अर्थतन्त्रका क्षेत्रमा सहयोग गर्न चाहेको बताए । 


प्रमुख शाक्यले काठमाडौंको बिकासमा चीन सरकार र स्थानीय जनताकोतर्फबाट प्राप्त सहयोगको प्रशंशा गरेका थिए । शाक्यले चीनबाट आफूहले धेरै सिकेका बताउँदै  त्यहाँबाट सिकेको कुरा काठमाडौंसँग मिल्नेजति कार्यान्वयनमा पनि ल्याउने प्रयास गरेको बताए । 


चीनका ५ वटा सहरसँग भगिनी सम्बन्ध स्थापना भइसकेको प्रमुख शाक्यले जानकारी दिए । 


छिन्दाओ नगर पूर्वी चीनमा रहेको सहर हो । यो सहर ११ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । यस सहरमा ९३ लाख मानिस बसोबास गर्छन । प्रबिधिको बिकास र प्रबिधिजन्य सामान उत्पादनमा यो सहरको नाम अग्रपङ्तिमा आउँछ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD