काठमाडौं । चिरिबाबु महर्जन निर्दोष रहेको सम्पदा अभियान्ताहरु दावी गरेका छन ।
अभियान्ताहरुको एक टोलीले बुधवार दरवारमार्गस्थित प्रहरी हिरासतमा रहेका महर्जनलाई भेटी उनको बारेमा जानकारी लिँदै महर्जन निर्दोष रहेकोले उनलाई छोड्न प्रहरीलाई आग्रह समेत गरेको छ ।
अभियान्ता उमेश स्थापितले महर्जनलाई यतिका दिनसम्म राख्नु पर्ने कुनै कारण नभएको बताउँदै अविलम्ब छोड्नु पर्ने बताएका छन ।
१८ दिनअघि नक्सालस्थित महर्जनको रबर स्टाम्प बनाउने क्रममा सरकारी कार्यलयको नक्कली छाप बनाएको आरोपमा उनलाई नियन्त्रण्मा लिएको अभियान्ता स्थापितले जानकारी दिए ।
स्थापितका अनुसार पसलमा ३ जना अपरचित व्यक्ति आएर पसलमा बरिरहेका महर्जनकी श्रीमतिलाई बनाउन दिएको रबर स्टाम्प नक्कली रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तर पछि चिरिबाबुलाई प्रहरीलाई नियन्त्रणमा लिएर उनकी श्रमितिलाई छाडेका थिए । प्रहरीले ती अपचरित ३ जनालाई व्यक्तिलाई पक्राउ गरेको र उनीहरुले नक्कली स्टाम्प बनाएको स्वीकार गरी सकेको बयान प्रहरीलाई दिएको स्थापतिले बताए ।
चिरिबाबुले कुनै आर्थिक लोभमा नपरी आफ्नो व्यवसायिक धर्म निर्वाह गरेको अयिभान्ताहरु भनाई छ । सो दिन पनि स्टाम्प बनाउन लाग्ने मुल्य रु ५ सय लिएर सो स्टाम्प बनाएको थियो ।
तर प्रहरीले महर्जन निर्दोष छदाछदै पनि यसरी प्रहरी हिरासतमै यतिका दिनसम्म राख्नु दुःखद भएको बताएका छ । महर्जनलाई केही दिनपछि अदालतमा हाजिर गराउने प्रहरीले तयारी गरेको छ ।
महर्जन सम्पदा अयिभान्ता हुन । उनी लामो समयदेखि उपत्यकाका सम्पदा बचाउ अभियानमा लागिरहेका छन ।
Categorized in समाज