काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्षमा चयन भएका छन ।
विहिवार चन्द्रागिरी हिल्स रिसोर्टमा सम्पन्न भेलालले उपाध्यक्षमा सूर्य विनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, सचिवमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी चयन भएका छन ।
त्यसैगरी कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र सहसचिवमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ चयन भएका छन ।
उपत्यकामा काठमाडौं र ललितपुर गरि दुई महानगरपालिका र अन्य १६ नगरपालिका गरि १८ वटा नगरपालिकाहरु छन ।
कार्यसमितिको पहिलो बैठकले काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार नागढुंगामा अनुमानित दुई करोड रुपैयाँ लाग्ने अटोमेटिक भेइकल डिटेक्शन एण्ड मोनिटरिङ सिस्टम जडान गर्ने निर्णय गरेको छ ।
फोरममा उपत्यकाका बाँकी मेयर र उपमेयर सदस्य रहने व्यवस्था रहेको छ ।
तस्वीर तथा समाचारः बिरेन्द्र शाक्य
Categorized in स्थानिय