१५ बैशाख २०८१, शनिबार
Header

चिनी आयात रोकिने


प्रकाशित: शुक्रबार, २२ भाद्र २०७५, २१ः४५ बजे
- महानगरखबर

काठमाडौँ । चिनीको मौज्दात प्रशस्त भएकोले चिनी आयात रोकिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार उखु उत्पादक किसान संघ र चिनी मिलका प्रतिनिधिहरुसँग भएको छलफलमा सो कुरा प्रधानमन्त्री ओलीले जानकारी दिएका थिए ।


स्वदेशी बजारको चिनीले विदेशबाट आएको सस्तो दरका चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको गुनासो आएपछि सो निर्णय गरेको हो ।

 
नेपालमा पाकिस्तानलगायत विभिन्न देशबाट सस्तो मूल्यमा चिनी आयात हुने गरेको छ । 


प्रधानमन्त्री ओलीले चिनी आयात बन्द गरिएपछि मौज्दात रहेको चिनी बजारमा गई विक्री हुने र उखु किसानले पैसा पाउने बताएका छन् । 


त्यसैगरी प्रधानमन्त्री ओलीले उखुको आयत पनि विस्तारै रोक्ने सो छलफलको क्रममा बताएका थिए । 


कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा, उद्योग, वाणज्यि तथा आपूर्तीमन्त्री मात्रिका यादव, कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालको समेत उपस्थिति रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD