काठमाडौं । चीनको प्रतिकिलो १० ?पियाँ बढेको छ ।
खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार थोक बजारमै चिनीको मूल्य बढेको कारण उपभोक्ताले बढी मूल्यमा चिनी किन्नु परेको बताए ।
एक सातायता चिनी खरिद गर्दा उपभोक्ताले प्रतिकेजी १० ?पैयाँसम्म बढी रकम तिर्नुपरेको छ ।
अहिले चिनीको खुद्रा भाउ ७५ पुगेको छ भने बजारमा केही व्यवसायीह?ले भने ८० ?पियाँमा समेत विक्री गरेको पाईन्छ ।
थोक व्यवसायीले प्रतिकिलो ७०÷७१ ?पियाँमा किनिरहेको छ ।
चिनी उद्योग संघका महासचिव राजेश अग्रवालले घाटामा बिक्री गर्न नसक्दा मूल्य बढाएको जानकारी दिए ।
चिनीको भाउ वृद्धि भए पनि सरकारी निकायले नियन्त्रणका लागि खासै पहल गरेका छैनन ।
आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले उद्योगीसँग सामान्य छलफल गरेर चिनीको मूल्य नबढाउन अनुरोध गरेको बताए ।
Categorized in बजार