१६ चैत्र २०८०, शुक्रबार
Header

चिनियाँ ह्याकरले यसरी लुटे एटिएम बुथ, ५ करोड झिकिएको अनुमान


प्रकाशित: आईतबार, १५ भाद्र २०७६, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ ह्याकरले काठमाडौंको दरवारमार्ग लगायत ६ बैंकबाट पैसा झिकिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 


चिनमै नेपालको एटिएमबाट पैसा लुट्ने योजना बनाएर शुक्रावर पर्यटक भिषामा नेपाल आएका उनीहरुले शनिवार दरवारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा झिकेपछि यसको खुलासा भएको हो ।


प्रहरीले नविल बैंकको कर्मचारीको सुचनाको आधारमा अनुसन्धान अघि बढाएपछि चिनियाँ ह्याकरहरु पक्राउ परेका थिए । 


ठमेल, दरवारमार्ग, सोह्रखुट्टे क्षेत्रका एटिएमलाई टार्गेट बनाई जय नेपाल हल नजिकै रहेको माया मनोर होटेल बुक गरेर बसेका थिए । 


प्रहरीले निगरानी बढाउने क्रममा चिनियाँ ह्याकरले दरवारमार्गमा रहेको एटिएमबाट झिकेको रकम झोला हालेर गएपछि ती व्यक्तिलाई नियन्त्रणमा लिई अघि बढ्दा होटलबाट अन्यलाई पक्राउ गरेको हो । 


पैसा लुटेर आईतबार र सोमबारनै चीन फर्कने उद्देश्यले आएका उनीहरुले केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको थियो ।


यसमध्ये २ वटा बैंकको प्रणाली नै ह्याक गरिएको छ । यो प्रणालीमा १७ वटा बैंकहरु आवद्ध रहेका छन । 


यसले भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस मेसिन सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा दिँदै आएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD