८ बैशाख २०८१, शनिबार
Header

चिनियाँ विदेशमन्त्री वाङ तीनदिने नेपाल भ्रमणमा 


प्रकाशित: आईतबार, २२ भाद्र २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आईतबार अपराहन्ह ४ बजे काठमाडौं आईपुग्ने भएका छन ।


३ दिने नेपाल भ्रमणमा रहने वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।


परराष्ट्रमन्त्रालका अनुसार विदेशमन्त्री वाङले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुनका साथै परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता लगायतको विषयमा छलफल हुने छ । 


त्यसैगरी रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन–काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा तोकिएको छ । 


विदेशमन्त्री वाङ यीको नेतृत्वमा १९ सदस्यीय टोली पाकिस्तान हुँदै नेपाल आउने भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ । 


यस भ्रमणलाई चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीको रुपमा पनि बुझिएको छ । आसोजमा सी नेपाल पनि आउनेमा संभावना रहेको परराष्ट्रमन्त्रालयका अधिकारीहरुको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD