१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चिनियाँ राष्ट्रपति सी विश्वकै शक्तिशाली व्यक्ति


प्रकाशित: आईतबार, ३० बैशाख २०७५, २०ः४५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । विश्व बिख्यात म्यागेजिन फोब्र्ससले हरेक बर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिको सुचिमा  चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चयन गरेको छ ।


शक्तिशाली व्यक्तिहरुको सूचीमा सी सन् २०१८ को लागि पहिलो नम्बरमा परेका हुन् । उनी माओ र तङपछि सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका छन् ।

 

 


दोस्रो शक्तिशाली व्यक्तिको सुचीमा रसियाका राष्ट्रपति भ्लादमिर पुटिन परेका छन् । पुटिन सन् २००० देखि सत्तामा छन् । तत्कालीन सोभियत संघको विघटनपछि लामो समयसम्म पनि सत्तासिन भईरहेने पुटिन हुन् । 

 

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्म भने तेस्रो शक्तिशाली व्यक्ति भएका छन् । फोब्र्सले ट्रम्पको राजनीतिक निर्णयहरु पारित गर्न नसकेको, व्यक्तिगत लगायत व्यापरिक जिवनबारे खराब चर्चा भएकोले यो सुचीमा परेका हुन् । 


जर्मन चान्सलर एन्जेला मार्केल चौथो, विश्वका सबैभन्दा धनी एवं एमाजोन कम्पनीका प्रमुख जेफ बेजोस ५ औँ, विश्वका एक अर्ब ३० करोड ईसाइ धर्मावलम्बीहरुका धार्मिक नेता एवं रोम क्याथलोटिक चर्चका पादरी पोप फ्रान्सिस छैटौँ, माइक्रोसफ्टका संस्थापक बिल गेट्स सातौ स्थानमा परेका छन् ।


 त्यसैगरी आठौं स्थानमा साउदीका राजकुमार मोहम्मद बिन सल्मान अल साउद, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको ९ औँ, गुगलको प्यारेन्ट कम्पनी अल्फबेटका सिइओ ल्यारी पेज १० औँ स्थानमा छन्। 


उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई फोव्र्सलाई ३६ औँ शक्तिशाली व्यक्तिको सूचीमा राखेको छ । भर्खरै किमले दक्षिणकोरियाका नेतासँग ऐतिहासिक बार्ता गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex