काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्कीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन ।
राष्ट्रपति कार्यालय शितलनिवासमा सोमवार आयोजित समारोहमा उनले सो ओहोदाको प्रमाणपत्र बुझाएकी हुन ।
त्यसैगरी चीनसँगै सोमबार नै प्रजातान्त्रिक गणतन्त्र कोरियाका जो यङ म्यान, साउदी अरबका मुसेइद विन सुलाईमन र स्वीडेनका कालस मोलिन पनि राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन ।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थिती रहेको राष्ट्रपति कार्यलयले जनाएको छ ।
Categorized in राष्ट्रिय