४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चिनियाँ युवती लुट्ने ३ जना पक्राउ


प्रकाशित: आईतबार, ८ पुष २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । गत मंसिर २८ गते चिनियाँ युवती एङ्की लिलाई लुटपाट गर्ने ३ जनालाई महानगरिय प्रहरी बृत बौद्धले पक्राउ गरेको छ ।

 
पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन तामाङ, रौतहट घर भई हाल बूढानीलकण्ठ बस्ने २८ वर्षीय विशाल मगर र सिन्धुपाल्चोक घर भई बूढानीलकण्ठ बसोबास गर्ने १९ वर्षीय नवराज सापकोटा रहेको बौद्धका प्रहरी निरीक्षक रेशम आचार्यले जानकारी दिए ।


प्रहरीका अनुसार लिलाई स्नूकर खेल्ने स्टिकले टाउकोमा प्रहार गरी आइफोन लुटेका थिए । 


महङ्कालस्थित जनकल्याण माविमा रहेको सिसी क्यामराको सहयोगमा लुटेरा पक्राउ गरिएको प्रहरी निरीक्षक आचार्यले बताए ।


लिको टाउकोमा ३० टाँका लगाउनुपरेको थियो भने दायाँ हातको चार औँला भाँचिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex