८ भाद्र २०८३, सोमबार
Header

चिनियाँ भेरोसल खोप क्षत्रपाटी निःशुल्क चिकात्सलय र सशस्त्र प्रहरी अस्पातालमा मात्र लगाईने


प्रकाशित: सोमवार, ६ बैशाख २०७८, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ भेरोसल खोप क्षत्रपाटी निशुल्क चिकात्सलय र सशस्त्र प्रहरी अस्पातालमा मात्र लगाईने भएको छ ।


सोमवारदेखि यी दुई अस्पतालमा मात्र लक्षित वर्गहरुलाई खोप लगाईने निर्णय भएको स्वास्थ्य सेवा विभाग टेकूले जनाएको छ । 


यस अघि काठमाडौं उपत्यकाका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरुबाट १८ वर्षदेखि ५९ वर्ष उमेर समूहकाहरु चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालयपार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति, पर्यटन क्षेत्र, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी, शिक्षक, प्राध्यापकलाई लगाएको थियो । 


यही समूहलाई भोलीबाट ती दुई अस्पतालमा गएर खोप लगाउन सकिने चिकित्सालयका अध्यक्ष समेत रहेका डा. मनोजमान श्रेष्ठले बताएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex