२२ मङ्सिर २०७६, आइतबार
Header

चिनियाँ टिभी सिरियल ‘जर्नी टु दी वेस्ट’ नेपाली भाषामा


प्रकाशित: बुधवार, ११ मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ टिभी सिरियल ‘जर्नी टु दी वेस्ट’ (पश्चिमतिरको यात्रा) को तेश्रो धारावाहिक प्रशारणको उद्घाटन गरिएको छ । 


नेपाली भाषामा डबिङ गरिएको उक्त सिरियलको बुधवार राजधानीमा अयोजित एक कार्यक्रममा उद्घाटन गरिएको हो । 


अरनिकको समाजद्वारा आयोजित सो उद्घाटन् कार्यक्रमा शताब्दी पुरुष सत्यमोहन जोशीले सिरियलको बारेमा चर्चा गर्दै चीनको ईतिहास उल्लेख गरेका थिए । 


जोशीले चीनीयाँ कथाहरु अति लोकप्रिय र सन्देश मुलुक हुने भएकोले ‘जर्नी टु दी वेस्ट’ पनि एक चर्चित सिरियल भएको बताएका थिए । 


अरनिकको समाजले चार बर्ष अघि चीनको केन्द्रिय टिभीको अनुमतिल लिएर उक्त सिरियलको नेपाली अनुवाद र स्वराङकन पुरा गरेका थिए । 


यस अघि उक्त सिरियलको नेपाल मण्डल टिभीबाट दुई पटक प्रशारण भईसकेको छ । यो हप्तबाट नेपाल मण्डल र इन्डिजिनियस टिभीबाट पनि तेश्रो पटक प्रशारण हुन लागेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 


उक्त सिरियल चिनका विभिन्न टिभीबाट ३ हजार पटक भन्दा बढि भई प्रशासरण भई विश्व रेकर्ड राख्न सफल भएको छ । 

 

jibanshaili
Home Page Bottom Second


maa dakshinkali
mahanagar AD
D R Shushil
bijay card
tika travel
maharjan complex
gamal
chunikhel AD
sungava AD