काठमाडौं । चीनबाट अनुदानमा आउने भेरोसिल (चिनियाँ खोप) ५५ देखि ६५ बर्षमाथिकलाई पहिलो प्राथमिकतमा राखिएको छ ।
चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज आएपछि उक्त वर्गका समूलाई दिईने भएको हो ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलका अनुसार यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गरिने छ ।
नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले जानकारी दिए ।
यसअघि भारतीय खोप कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो ।
पहिलो डोज खोप जुन लगाएको छ, दोस्रोमा पनि त्यही खोप लगाउनुपर्ने हुनाले चीनबाट ल्याएको खोप विगतमा खोप लगाइसकेका जेष्ठ नागरिकले लगाउन नमिल्ने मन्त्रालयको भनाइ छ ।
त्यसैगरी शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने भएको छ ।
करिब ६५ वर्षका माथि ९ लाख भन्दा बढी र कुल साढे १४ लाख ज्येष्ठ नागरिकसहित दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ रहेको छ ।
Categorized in राष्ट्रिय