काठमाडौं । तनहुँको भानुनगरपालिका – २ स्थित ढल्केबरस्थित गएराती चितुवाको आक्रमणका परि १० बर्षिय बालक अमृत गुरुङको मृत्यु भएपछि त्रास बढेको छ ।
खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गर्नसाथ खोजी क्रममा घर नजिकै अमृत घाईते अवस्थामा भेटिएको थियो ।
घाइते भएका उनलाई डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
बालक अमृतको घाँटीमा चितुवाले आक्रमण गरी घाईते बनाएका थिए । प्रहरीले आक्रमणकारी चितुवाको व्यापक खोजी गरिरहेको जनाएको छ ।
यस अघि कात्तिक २९गते सो नगरपालिकाका जाखाने निवासीको चार बर्षिया बालिका रञ्जिता लम्साललाई पनि चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।
त्यसैगरी मंसिर १ गते भानु नगरपालिका–२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो । तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए ।
भानु नगरपालिकामा चितुवाको आक्रमणको घ्ट्ना लगातार बढेको पछि स्थानीवासीमा त्रास बढेको छ ।
Categorized in समाज