४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चितवनमा सवारी दुर्घटनामा एकको मृत्यु


प्रकाशित: मंगलबार, १६ असोज २०७५, ०९ः२० बजे
- महानगरखबर

चितवन । पुर्वी चितवनमा ट्रकको ठक्करबाट गए राती एकको मृत्यु भएको प्रहरीले जनाएको छ । 


पूर्वी चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट खैरहनी नगरपालिका–१ का ३५ वर्षीय सुरज चौधरीको मृत्यु भएको हो ।


भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना३२प ५०६१ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । 


ठक्करबाट गम्भीर घाईते भएका मोटरसाईकलमा सवार चैधरीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रहरीले ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex