१६ चैत्र २०८०, शुक्रबार
Header

चितवनमा विहानैदेखि निषेधाज्ञा, ५ भन्दा बढी भेला हुन निषेध


प्रकाशित: सोमबार, ९ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै दिनप्रर्दशनले अशान्ति सिर्जना हुन थालेपछि चितवनमा आजदेखि निषेधाज्ञा जारी भएको छ । 


चितवनमा जिल्ला प्रशासन कार्यलय, चितवनले विहानदेखि चितवनको जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा मानिस भेला हुन निषेध गरेको छ । 


जारी निषेधाज्ञामा प्रहरी कार्यालय आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न नपाउने उर्दी जारी गरेको छ । 


कार्यालयले आइतबार राति सो आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीबाट अशान्ति हुन सक्ने देखिएको उल्लेख छ । 


आदेशमा भनिएको छ, ‘मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेको क्षेत्रमा हुल दङ्गा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।’


 निषेधाज्ञा क्षेत्रः–


वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म


–पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म 


– वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक


– नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म


– वाइपास सडकतर्फको घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालचोकसम्म


आइतबार साँझ केही प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालासहित ११ जना प्रहरी घाइते भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD