काठमाडौं । चितवमा एक यात्रुबहाक बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजालको उपचारको क्रममा मृत्यु भएको हो ।
वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नंको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा४०प ९२०६ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
Categorized in समाज