काठमाडौं । चितवनमा एक पैदलयात्रुलाई सोमराती मोटरसाईकले ठक्कर दिँदा मोटरसाईकल चालक र पैदल यात्रु दुवैको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१० रिजालचोकमा भएको सो दुर्घट्नमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापा रहेका छन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घट्ना भएको थियो ।
Categorized in समाज