काठमाडौं । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यलयका एक कर्मचारीलाई घुस सहित जिल्ला प्रशासन कार्यलय चितवनलाई बुझाएको छ ।
मञ्चले कार्यलयका नापी अधिकृत राजेश कर्माचार्यलाई रु २० हजार घुससहित पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।
बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा अधिकृत कर्मचारीले घुस मागेका थिए ।
पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो । सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त शाखाका अध्यक्ष विष्णु भुसालले जानकारी दिए ।
प्रमुख जिल्लाअधिकारी जीतेन्द्र बस्नेतले पक्राउ परेका कर्माचार्यलाई निजामित ऐन अनुसार कार्वाही गर्ने जनाएको छ ।
Categorized in समाज