४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चितवनमा ट्रकको ठक्करबाट मोटरसाईल चालकको मृत्यु


प्रकाशित: शनिवार, ५ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । गएराती नारायणग–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक राति ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ बस्ने ४६ वर्षीय सन्तोष नेपाली रहेको छ । 


नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना८प ५५०६ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना८ख २२४९ नंको ट्रकले ठक्कर दिएको थियो । 


ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 


ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex