काठमाडौं । चितवनको २ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्र र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।
नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।
मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेपछि त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।
तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको लागि जारी उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।
यस क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
बारा क्षेत्र नं २ मा आइतबार दिउँसो पौने २ बजेसम्म ४० प्रतिशत मतदान भएको भएको छ ।
बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र पौने २ बजेसम्ममा ४० प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय