४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

चिडियाखानामा ललितपुर महानगरले जेष्ठ नागरिकको लागि बसको व्यवस्था गर्ने


प्रकाशित: शनिवार, १३ साउन २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जवालखेलस्थित सदर चिडियाखानामा जेष्ठ नागरिक र अपांगता भएकाहरुका लागि बसको व्यवस्था गर्ने बताएका छन । 


प्रमुख महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज बनाउनका लागि छिट्टै १४/१५ सिटको बसको व्यवस्था गर्ने घोषणा गरेका हुन ।


शनिवार उनले विश्व बाघ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सो बताएका हुन । 


बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले आफूले हेर्न मन लागेको जनावर भएको ठाउँमा रोकिएर हेर्ने र फेरि बस चढेर अर्को जनावर भएको ठाउँमा पुग्न सक्ने व्यवस्था गरिने उनले बताए । 


उनले चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । पहिला चिडिया खाना छिर्दा खेरी अगाडि दुई वटा गेट थियो । त्यसलाई हामी टाइगर गेट भनिन्थयो । 


प्रमुख महर्जनले भने, ‘एकदमै चिटिक्क परेको गेट, त्यसमा माथि दुई वटा टाइगर बसेको । त्यो भत्कियो वा भत्काइयो । त्यसपछि त्यसलाई बनाइएन । यो वर्ष हामी त्यो टाइगर गेट बनाउँछौं । जसले यो चिडियाघरको रिफ्लेक्सन गर्छ ।’


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika