१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

चिकित्सा विधेयक पारित भएलगत्तै डा. केसीद्धारा प्रधानमन्त्रीको राजीनामा माग


प्रकाशित: शुक्रवार, ११ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । संसदको कार्य सुचिमा पेश भएको राष्ट्रिय चिकित्सा विधेयक शुक्रवार बहुमतले पारित भए लगतै आमरन अनसरत डा. गोबिन्द केसीले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनमा माग गरेका छन ।

 
डा. केसीले प्रधानमन्त्री आफ्नै निर्णयबाट पछि हटेकोले नैतिकताको आधारमा राजीनमा दिनुपर्ने बताएको उनका सहयोगी जीवन क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए । 


सहयोगी क्षेत्रीले पत्रकार सम्मेलनमा डा . केसीको एक लिखित विज्ञप्ती पढेर के.सीको मागबारे जानकारी दिएको थियो । 


विज्ञप्तीमा डा. केसीले विगतमा भएको सहमति विपरित गएर विधेयक पास गरेको र यो विधेयक पुर्णत जनहित विपरित रहेको दावी गरिएको छ । 


डा. केसीले आमरण अनसन जारी राख्ने बताएका छन । 


यता सरकारले भने डा. केसीले उठाएको सबै माग पुरा भएको दावी गरेपनि केसीले भने यसको खण्डन गर्दै विधेयक सहमति विपरित भएकोले आफ्ना माग सम्बोधन गर्न माग गरेका छन ।


यस अघि प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक पारित गर्न नदिने अडान लिएपनि होहल्ला र अवरोधका विच विधयेक पारित भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex