१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चिकित्सा विधेयकमा व्यापक हेरफेर गरेपछि कांग्रेसले रोक्यो विधेयक


प्रकाशित: आईतबार, १७ असार २०७५, १६ः४२ ब
- जेम्सज्वेलरीखबर

काठमाडौं । सरकारले ल्याउन लागेको ‘चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक’ मा ब्यापक हेरफेर गरेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विधेयक अघि बढ्न दिएन ।

 
सो विधेयक ल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सरकार पछि हटेको छ ।

 
विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने, मेडिकल कलेजको ३ वर्षदेखि आफ्नै अस्पताल सञ्चालनमा भएको हुनु पर्ने र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने प्रावधान हटाइएपछि कांग्रेसले विरोध गरेको हो ।

 
आइतबार संसद बैठक अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित नेकपा र कांग्रेस नेताहरुबीच वार्ता भएपनि सहमति हुन नसकेपछि संसद बैठक भने सूचना टाँसेर स्थगित भएको छ ।


अब २० असारपछि नियमित विधेयक आउने सम्भावना छ ।


यसै विषयलाई लिएर बरिष्ठ चिकित्सक डा. गोबिन्द केसी आईतबारदेखि जुम्लामा अनसन बसेको छ । 
जे

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex