काठमाडौं । डियटी सकेर फर्किरहेको चिकित्सकमाथि प्रहरीले गरेको कुटपिटको विषयमा छानविन गर्न समित गठन गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय मेट्रोले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको जारी विज्ञप्तीमा जनाइएको छ ।
बुधवार राती महाराजगन्ज प्रहरी वृत्तका डिएसपी उमेश लम्साल सहितका प्रहरी अधिकारीले चिकित्सकहरुमाथि कुटपिट गरेको समाचार वाहिर आएपछि प्रहरीले छानविन समिति गठन गर्दै डिएसपी लम्साललाई जिम्मेवारी रानीपाखरीमा तानिएको र अनुसन्धान अघि बढाएको जारी विज्ञप्तीमा उल्लेख छ ।
चिकित्सक शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको आरोप छ । यस घट्नालाई लिएर चकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले दोषी प्रहरीलाई कारवाही गर्न माग गरेको छ ।

Categorized in समाज