काठमाडौं । चिकित्सकहरुले ६ हजारभन्दा बढी लाईसेन्स आईतबार मेडिकल काउन्सिलमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठको नेतृत्वमा बुझाएको छ ।
संघले देशभरका १६ शाखाबाट ६ हजार भन्दा बढी लाइसेन्स संकलन गरी सरकारलाई बुझाएको छ ।
सकराले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो ।
भाद्र देखि लागु भएको अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।
काउन्सिलको तथ्यांक अनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन् ।
Categorized in स्वास्थ्य