१३ बैशाख २०८१, बिहिबार
Header

चावहिल चोकमा आकाशे पुल उद्धघाटन


प्रकाशित: विहिवार, २२ असोज २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमार्डौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले विहिवार वडा ७ चावहिल चोकमा आकाशे पुलको उद्घाटन गरेका छन ।


प्रमुख शाक्यले कोविड महामारीको समस्या समाधान गर्दै पार्क निर्माण र हरियाली प्रबर्धनलाई जोड दिएको बताएका छन । 


शाक्यले वडा ६ मा मात्र करीब ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको जानकारी दिँदै वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरेका थिए । 


महानगरका क्षेत्रगत काममध्ये अवलोकन यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापन, पार्क निर्माण र हरियाली प्रत्रर्धन कार्यक्रममा केन्द्रीत हुने प्रमुख शाक्यको भनाई छ । 


पैदल यात्रु सुरक्षाका लागि आकाशे पुल निर्माण गरिरहेको र पिक एण्ड ड्रप लगायत अभियानबाट ट्राफिक व्यवस्थापनमा प्रयास महानगर रहेको मेयर शाक्यले वताए । 


चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो । कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो । २०७६ कार्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गरेका थिए । 


आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ ।


वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल भने, ‘यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक छ । प्रक्रिया यसका लागि प्रक्रिया अगाडि बढाइनेछ । आकाशे पुलले पैदल यात्रुलाई त सजिलो हुन्छ नै उनीहरुबाहेक दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुनेछ ।’
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD