१२ बैशाख २०८१, बुधबार
Header

चावहिलस्थित मालपोतका पियनको सम्पती ९ करोड !


प्रकाशित: विहिवार, १६ माघ २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । चावहिलस्थित मालपोत कार्यलयका सहयोगी (पियन) राजेन्द्र बस्नेतको सम्पती ९ करोड रहेको अख्तियारको छानविनले जनाएको छ ।


अख्तियारले अकुत सम्पती थुपारेको भन्दै बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएपछि कुरा बाहिर आएको हो । 


बिहीबार अख्तियारले एक विज्ञप्ती जारी गर्दै पियन बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । 


उनी र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाखको वैध स्रोत खुलेन। त्यो सम्पत्ति उनले अवैध तरिकाले कमाएको अख्तियारको ठहर छ ।


उक्त रकम मध्ये ७४ लाख ७३ हजार ३ सय ७३ ‍रूपैयाँमात्रै वैध रहेको अख्तियारले जनाउँदै उनलाई २ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको हो । 


बाँकी रकम जफत गर्न अख्तियारले माग समेत गरेको छ ।  मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उनको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि बस्नेत अनुसन्धानमा तानिएका थिए ।


बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए । उनले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाखको घरजग्गा किनेको र आमाको जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD