५ जेठ २०८१, शनिबार
Header

चार हजार ३ सय कृषक एवं महिलालाई उद्यमशील बनाईने


प्रकाशित: मंगलवार, २५ मंसिर २०७५, १९ः३० बजे
- महानगरखबर

काठमाडौँ । चार हजार ३ सय कृषक एवं महिलालाई उद्यमशील बनाउन बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा मंगलवार हस्ताक्षर भएको हो । 


सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरे । 


देशका १४ जिल्लाका महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिना धितो सरलीकृत ऋण प्रदान गरिने बताइएको छ । यो कार्यक्रमसँगै किसान क्रेडिट कार्डसमेत शुरु हुने जनाइएको छ । कार्यक्रम अवधिभर छ हजारलाई वित्तीय साक्षरता दिइने बैंकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD