काठमाडौं । चार लाख नक्कली नेपाली नोटसहित प्रहरीले २ जनलाई ललितपुरबाट पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित कल्याण लामाको टहरोमा बस्दै आएका सिन्धुली झ्याडी घर भएका २४ वर्षीय सुदिप तामाङ र ललितपुर बागमती गाउँपालिका–१ आस्राङ बस्ने १९ वर्षीय साजन भुलानलाई प्रहरीले प्रकाउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नक्कली नेपाली नोट एक हजार दरका ४ सय ५० थानका जम्मा ४ लाख ५० हजार नक्कली रूपैयाँ फेला पारेको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज