८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

चार महिनामा ५ खर्ब २१ अर्ब रेमिटेन्स भित्रियो


प्रकाशित: विहिवार, २७ मंसिर २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । चार महिना साउन देखि कात्तिक सम्म पाँच खर्ब २१ अर्ब रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ । 


चालु आर्थिक वर्ष २०८१/८२ को यो चार महिनामा भित्रिएको हो । गत आ.व. २०८०/०८१ को चार महिनामा रेमिटेन्स चार खर्ब ७७ अर्ब रूपैयाँ भित्रिएको थियो । 


कात्तिकमा एक महिनामा मात्रै एक खर्ब १४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो । 


त्यसैगरी, यही चार महिनामा दुई अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ ।


चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ ।


गत आर्थिक वर्षमा भने दुई लाख ६ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या दुई लाख ४१ हजार बढी छन ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex