११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

चार क्यापिटललाई ६० हजार जरिवाना


प्रकाशित: सोमबार, १६ पुष २०७५, २०ः४३ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चार क्यापिटलाई कारवाही स्वरुप ६० हजार जरिवाना गरेको छ । 


सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै बोर्डले एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, सिबीआईएल क्यापिटल लिमिटेडलाई रु ३५ हजार र एनआईसी एशिया क्यापिटललाई रु २५ हजार जरिवाना स्वरुप कार्वाही गरेको हो । 


बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले कारवाहीस्वरुप जरिवाना गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex