काठमाडौं । चार आयोगको लागि संसदीय सुनवाई समितिले चार आयोगको अध्यक्षको नाम प्रस्ताव गरेको छ ।
समितिको मंगलवार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिव बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोग पूर्वसचिव शान्तराज सुवेदी, मधेशी आयोगमा डा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइका लागि परिषद्ले समितिमा नाम पठाएको हो ।
उहाँहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
Categorized in राष्ट्रिय