६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश


प्रकाशित: बुधवार, ६ पुस २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । केन्द्रिय कारागारमा विभिन्न अपराध मुद्दामा जेल सजाय भोगिरहेका जाल्र्स शोभराज कैदमुक्त हुने भएको छ । 


सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।


कैदमुक्त गरी पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन समेत आदेश जारी भएको छ । 


बिकिनी किलर नामले चिनिने चाल्र्स अहिले ७८ बर्ष पुुगेको छ । शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको छ । 


उनलाई प्रहरीले २०६१ सालमा काठमाडौं आएकाबेला समातेका थिए । त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।


अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा र क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए । 

 

image Source: Getty / Prakash Mathema
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex