२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

चारुमती विहारमा विशेष पुजा, विश्वसम्पदामा सुचिकृत गर्न माग


प्रकाशित: सोमबार, २ पुष २०७५, ०९ः०५बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं चाबहिलस्थित चारुमति विहारमा विशेष बुद्धपुजाका साथै प्रवचन गरिएको छ । 


चारुमती बुद्धिष्ट मिसन नेपालको आयोजनमा गरिएको सो विशेष पुजामा संयुक्त राज्य अमेरिकाको लस एञ्जेल्सबाट आएकी ५० वर्षीया बौद्धगुरु तथालोकले बौद्ध इतिहासको लामो परम्परा बोकेको चारुमती चैत्यलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नुपर्नेमा जोड दिए ।


सो कार्यक्रममा मानव कल्याणका लागि शाक्यमुनि बुद्धले दिएका अहिंसा, शान्ति, मित्रता, भ्रातृत्वको सन्देशलाई स्मरण गरिएको छ । 


कार्यक्रम आयोजक संस्थाका अध्यक्ष भिक्षु तपस्सी धम्मले बौद्ध दर्शन तथा साहित्यका माध्यमबाट देशका विभिन्न ग्रामीण भेगमा सामाजिक सेवा तथा स्थानीय विकासका गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए । 


करीब दुई हजार ३०० वर्ष पुरानो मानिने उक्त चैत्यमा विभिन्न धार्मिक कार्यक्रम गरिँदै आएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex