८ जेठ २०८१, मंगलबार
Header

चारपांग्रे सवारी नेपालमै बन्ने, १० अर्ब बढीको लगानी स्वीकृत 


प्रकाशित: शुक्रवार, १ चैत्र २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरियन कम्पनीले नेपालमै चारपांग्रे सवारी बनाउने भएको छ । 


सरकारले चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेको  छ । शुक्रबार बसेको लगानी बोर्डको बैठकले सो निर्णय गर्दै १० अर्ब बढीको लगानी स्वीकृत गरेको हो ।


कोरियन कम्पनीले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्तावलाई शुक्रबार साँझ प्रधानमन्त्रीको अध्यक्षमा बसेको बोर्ड बैठकले स्वीकृत गरेको हो । 


बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सो निर्णयबारे जानकारी दिएका थिए । 


नेपालमा हाल दुई पांग्रे गोल्छा समूहको अगुवाईमा बजाजका केही बाइकहरु एसेम्बलिङ हुने गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD