७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

चापागाउँमा बेल्ट प्रमोशन टेस्ट तथा सम्मान कार्यक्रम सम्पन्न


प्रकाशित: आइतवार, ५ असोज २०८२, १६ः४५ बजे
- महानगरखबर

ललितपुर । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते डो संघ, चापागाउँ, ललितपुर जिल्ला समितिले आफ्नो वार्षिक कार्यक्रम तथा विजया दशमी २०८२ को अवसरमा आयोजना गरेको “बेल्ट प्रमोशन टेस्ट तथा सम्मान कार्यक्रम–२०८२” सम्पन्न भएको छ ।


कार्यक्रम केन्द्रीय अध्यक्ष तथा विश्व क्योकुशिन काई कराँते महासंघका उपाध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । 


चापागाउँ डोजोका प्रमुख प्रशिक्षक सम्पूर्ण महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिले गमलामा पानी हालेर कार्यक्रम उद्घाटन गरेका थिए ।


डोजोका ४५ जना जुनियर खेलाडी सहभागी रहेको बेल्ट प्रमोशन टेस्टमा प्रमुख अतिथिबाट सहभागीलाई बेल्ट तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

 


कार्यक्रममा खेलकुद तथा समाजमा अतुलनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । 


विशेष सम्मान पत्रद्वारा विश्व क्योकुशिन काई कराँते, जापानका उपाध्यक्ष शिहान अशोक कुमार श्रेष्ठ र बाणिविलास मा.वि.का प्रिन्सिपल प्रविण प्रकाश श्रेष्ठलाई सम्मान गरिएको थियो ।


यस्तै, सहायक प्रिन्सिपल ऋषिकेश आचार्य, प्यांगगाउँ संस्कृति संरचनाका कोषाध्यक्ष रोजेश महर्जन, केन्द्रीय संघका सदस्य तथा प्रशिक्षक राजु तामाङ, रामशरण राणा, डोजो प्रमुख सन्तोष गुप्ता, राजकुमार बल तथा बाणिविलास मा.वि.का शिक्षक नवराज घिमिरेलाई कदर पत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex