काठमाडौं । छैठौं वीर गणेशमान सिंह मेमोरियल खुला राष्ट्रिय किक बक्सिङ च्याम्पियनसिप - २०८१ प्रतियोगिता शुरु भएको छ ।
विहिवार पूर्व उपप्रधान एंव नेपाली कांग्रेसका उपसभापति कार्यक्रमको प्रमुख अतिथि पूर्णबहादुर खड्काले प्रतियोगिताको शुुभारम्भ उद्घाटन गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै उपसभापति खड्काले वीर गणेशमानले लोकतन्त्रको लागि गरेको योगदानको चर्चा गरे । उनले गणेशमानको नाममा आयोजित यस खेल प्रतियोगिताले खेलाडीहरुको आत्मविश्वास प्रदान गर्ने बताए ।
सो अवसरमा कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि वीर गणेशमानको चर्चा गर्दै प्रतियोगिताको सफलताको शुुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमति प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ, बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङ र गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले आ-आफ्ना मन्तव्य राखेका थिए ।

ललितपुरको गोदावरी नगारपालिकाको चापागाउँस्थित प्याङगाउमा आयोजित प्रतियोगिता शनिवार समापन हुने आयोजकले बताएको छ ।





तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in मनोरन्जन