१७ बैशाख २०८१, सोमबार
Header

चाडपर्वको नाममा विभिन्न पोशाक किन्न लगाउने विद्यालयलाई कार्वाही महानगरको चेतावनी


प्रकाशित: शुक्रवार, ६ पुस २०८०, १२ः१९ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले केही विद्यालयहरुले बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाएको गुनासो प्राप्त भएको जनाएको छ । 


चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा भिन्न पोशाक किन्न बाध्य पारेको गुनासो आएपछि महानगरले त्यसो नगर्न शुक्रवार परिपत्र गरेको छ । 


महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना निकालेर त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन ।


‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD