४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चाईनिज पेस्तोल सहित ३ पक्राउ


प्रकाशित: मंगलावर, २२ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले चाईनिज पेसतोलसहित धादिङबाट ३ जनालाई पक्राउ गरेको छ । 


उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन । 


प्रहरीले उनीहरुको साथबाट चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले बताए ।


विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्का लागि खानतलासी गर्दा उनीहरु हतियारसहित पक्राउ परेका थिए । 


उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने प्रहरीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex