७ बैशाख २०८१, शुक्रबार
Header

चाईना फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई राहत वितरण


प्रकाशित: शनिवार, ३ जेठ २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले चन्द्रगिरी र नागार्जुनका सामुदायिक विद्यार्थीहरुलाई खाद्य सामग्री वितरण गरेको छ ।


फाउण्डेशनले अलिबाबा फिलोन्थ्रोपीसंग सहकार्य गरेर नगरपालिकामा रहेका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको राहत सामग्री वितरण गरिएको हो ।


स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्र्तगत विद्यार्थीहरुलाई २ हजार ३ सय ८३ बोरा चामल, ५ केजी दाल र ३ लिटर  हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि जोउ जिईक्वाङले जानकारी दिए । 


जोउले कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनले जनजीवन कष्टकर बन्दै गएको अवस्थामा चीनका जनताहरुको तर्फबाट यथोचित सहयोग गरेको वताए । 


कोरोना महामारी विरुद्धको लडाईमा सघाउँदै चिनियाँहरुले खाद्य सामग्री वितरण गरेको छ ।


‘कोरोना भाईरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ उक्त समाग्री वितरण गरिएको हो । 


यस अघि सो संस्थाले विभिन्न नगरपालिका र प्रदेशहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) मास्क, सेनिटाईजर र खाद्य सामग्री वितरण गरेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD