३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

चाःबही घाटमाथि अतिक्रमण, शव जलाउन खोज्दा तनाव


प्रकाशित: आईतवार, २९ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं चाःवहीका स्थानीय नेवाः समुदायको डंगोल र शाक्यको घाटमाथि अतिक्रमण भएको बताईएको छ ।


आईतबार स्थानीय लक्ष्मी डंगोलको शव दहासंस्कार गर्ने क्रममा स्थानीयले विरोध सामना गर्नुपरेको उनीहरुले घाट माथिको अतिक्रमण भएको बताएका छन । 


६० वर्षीया डंगोलको शव पिंग मसानघाटमा नेवारी परम्परा अनुसार शवगद्तको तयारी भइरहेको बेला घाट छेउमा नयाँ घर भएकाहरुले विरोध गरेपछि ठुलो तनावको स्थिती बनेको थियो । 


तर समयै प्रहरी प्रशासन आएपछि कुनै ठुलो दुर्घट्ना हुन भने पाएन । मलामी गएकाहरुले परम्परागत घाटमा अन्त्येष्टि गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेपछि स्थित गम्भिर बनेको थियो । 


काठमाडौं ७ का वडाध्यक्ष शुद्ध डंगोलका अनुसार प्रहरी सुरक्षामा डंगोलको दाहसंस्कार गरेपछि स्थिती नियन्त्रणमा आएो थियो । 


यस अघि गत मंसिरमा पनि भीममाया डंगोलको अन्त्येष्टि गर्ने क्रममा विरोध भएको थियो । चाबहिलको पिंग र आसपासको क्षेत्रमा डंगोल र शाक्य समुदायका छुट्टाछुट्टै घाट छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex