५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

चाँदबाग स्कुल खाली गर्न महानगरको अल्मिेटम


प्रकाशित: सोमवार, २८ साउन २०८१, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित १० रोपनी सरकारी जग्गामा सञ्चालन भइरहेको चाँदबाग स्कुल खाली गर्न अल्मिेटम दिएको छ । 


आइतवार महानगरले २ दुई दिनभित्र खाली गर्न माइकिङ गर्दै उक्त स्कुल खाली गर्न अल्मिेटम दिएको हो । 


सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो ।


महानगर नगर प्रहरीका अनुसार महानगरले यस अगाडि नै सार्वजनिक जग्गा खाली गर्न सूचित गराए पनि दुई दिनको समय राखेर माइकिङ गरेको हो ।


भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको स्रेस्ता उतारेर दिएको थियो । स्रेस्ता पाएपछि वडाले चाँदबाद स्कुललाई हट्न भनेको थियो ।


बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको भने ९ चैत २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको उक्त १० रोपनी जग्गा सरकारको नाममा आएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex