काठमाडौं । भक्तपुरके चाँगुनारायण नगरपालिका वडा नं.–३ स्थित झैखेलमा एक बालकको मंगलबार बाल्टिनमा डुबेर मृत्यु भएको छ ।
झैखेलमा डेरा बस्ने सिन्धुपाल्चोक बाह्रविसे घर भएका देवेन्द्र श्रेष्ठका २ बर्षिय छोरा प्रत्रुश श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक रेवतीरमण पोख्रेलले जानकारी दिएका छन् ।
बालक बाल्टिनमा डुबेर बेहोस भएपछि उनलाई भक्तपुर अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।
Categorized in समाज