४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चर्को विरोधपछि वीरगञ्ज महानगरपालिका करबृद्धि निर्णयबाट पछि हट्यो


प्रकाशित: मंगलबार, १५ साउन २०७५, १९ः२९ बजे
- महानगरखबर

काठमाडौं । सरोकारबालाहरुको चर्को विरोधपछि वीरगञ्ज महानगरपालिलका करबृद्धि निर्णयबाट पछि हटेको छ ।

 
महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी करबृद्धि निर्णयबार पुर्नविचार गर्ने जानकारी दिएका छन् । 


केही दिन अघि वीरगञ्ज उद्योग बाणिज्य महासंघ, व्यवसायी, राजनीतिक दल तथा सरोकारबालाहरुले करबृद्धि विरुद्ध सडक आन्दोलन सुरु गरेपछि महानगर सो निर्णयलाई सुधार गर्ने बाध्य भएको हो । 


पत्रकार सम्मेलनमा महानगरका मेयर विजय सरावगीले केही कर हटाइने, केहीमा संशोधन गरी बृद्धि घटाइने जानकारी दिए ।


उनले वातावरण प्रदुषण तथा सडक मर्मत सुधार शुल्क, डिजेल र पेट्रोलमा लगाइएको शुल्क, डण्डी र सिमेन्टमा लगाइएको शुल्क, कुखुरामा लागेको शुल्क फिर्ता गर्न कार्यपालिका बैठकमा छलफलका लागि लगिने जानकारी दिए । 


यसैगरी कवाडी निकासी शुल्कको सन्दर्भमा कवाडी संघले दिएको सुझावलाई कार्यपालिका बैठकमा लैजाने, घरजग्गा तथा एकीकृत सम्पत्ति करलाई मालपोत कार्यालयले तोकको मुल्याङ्कन र मापदण्ड अनुसार नै गरिने तथा व्यवसायिक करलाई पनि परिमार्जन गर्न कार्यपालिका बैठकमा पेश गरिने मेयर सरावगीले बताएका छन् । 


वीरगञ्ज महानगरपालिकाको वार्षिक आम्दानी हाल वार्षिक १७ करोडको हाराहारीमा छ । महानगरपालिकाले ७० करोड आन्तरिक राजश्व पु‍¥याउने लक्ष्य राखेपनि अब पूरा हुने सम्भावना नरहेको मेयर सरावगीले बताए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex