८ बैशाख २०८१, शनिबार
Header

चरम आर्थिक संटकपछि श्रीलंकमा संकटकाल घोषणा


प्रकाशित: शनिवार, १९ चैत्र २०७८, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । श्रीलंका सरकारले शनिवारदेखि संकटकाल घोषणा गरेको छ । 


चरम आर्थिक संकट परिेपछि श्रीलंका पछिल्लो समय हिंसात्मक गतिविधि बढेपछि सरकारले संकटकाल घोषणा गरेको हो । 


श्रीलंकामा विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि अवस्था गम्भीर बन्दै गएको छ । 


गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए ।


शुक्रबार भएको प्रदर्शनमा केही पक्राउ पनि परेका छन । संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविनै पक्राउ गर्न बीबीसीले बताएको छ । 


देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ । इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ ।

 

picture : getty
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD