काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सिफारिस शुल्क निःशुल्क गरेको छ । सामाजिक सेवासँग जोडिएका सिफारिसहरु प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता निःशुल्क गरेको छ ।
त्यसैगरी सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिश पनि निःशुल्क गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर (सिफारिश शुल्क) लाई निःशुल्क बनाइ अन्य स्थानीय सरकारको लागि अनुकरणीय र उदाहरणीय कार्य गरेको छ ।
Categorized in समाज