काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपालको र स्थानीय विभन्नि सङ्घसंस्थाको सहकार्यमा लागुऔषध दुरुपयोग नियन्त्रणका लागि अभियान चलाएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले हाल बढ्दो रुपमा देखिएको लागुऔषध दुव्यर्सनी बढिरहेकोले सो अभियान थालिएको बताए । सोही अभियानअन्तर्गत मङ्गलबार यहाँ विद्यार्थीलाई सचेतना दिने उद्देश्यले लागुऔषध नियन्त्रणसम्बन्धी अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियो ।
सोह्र विद्यालय सहभागी सो प्रतियोगितामा ज्ञानसुधा एकेडेमी, रिम्स स्कूल, न्यू होराइजन स्कूल र मातृ अरविन्द स्कूलका विद्यार्थी क्रमशः प्रथम, द्धितीय र तृतीय हुन सफल भएका र उनीहरुलाई नगद रु सात हजार, पाँच हजार र रु तीन हजार पुरस्कार प्रदान गरिएको जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदीले जानकारी दिए ।
अहिले अध्ययनको क्रममा रहेकाले नयाँ तथ्याङ्क नआए पनि लागुऔषध सेवन गर्ने झण्डै रु एक लाख ५६ हजार नाघेको अनुमान गरिएको छ ।
वार्षिक ११ दशमलव ३६ प्रतिशतले सङ्ख्या वृद्धि भएको अध्ययनमा पाइएको जिद्यला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी खड्ग श्रेष्ठले बताए ।
Categorized in समाज