१७ बैशाख २०८१, सोमबार
Header

चन्द्रागिरीबाट २ केजी नक्कली सुन सहित ६ जना पक्राउ


प्रकाशित: मंगलबार, १९ भाद्र २०७५, १९ः०२ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाबाट आईतबार प्रहरीले २ केजी नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका– ३२ कोटेश्वर बस्ने धादिङ गंगा जमुना गाउँपालिका–२ का २६ वर्षीय अभिषेक तामाङ, नुवाकोट तारकेश्वर घर भएका २८ वर्षीय राम तामाङ , २५ वर्षीय जितेन तामाङ, २५ वर्षीय बीरेन्द्र तामाङ, धादिङ दार्खा घर भएका २१ वर्षीय राज तामाङ र धादिङ जिवनपुर घर भएका १८ वर्षीय राजकुमार तामाङ रहेका छन ।


उनीहरुले नक्कली सुनलाई सक्कली भनी बेचबिखन गर्ने उद्देश्यले बोकी हिडिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD