६ भाद्र २०८३, शनिबार
Header

चन्द्रागिरीबाट चितुवाको छालासहित ४ पक्राउ


प्रकाशित: मंगलवार, २३ असोज २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट संरक्षित वन्यजन्तु चितुवाको पूर्ण कदको छाला ४ थान सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका–८ का २८ वर्षीय सुराजन थापा, गोरखा घर भएका २३ वर्षीय सलिम मिया, स्याङ्जा रत्नपुर बस्ने २३ वर्षीय सोमराज श्रेष्ठ र अर्घाखाची सन्धिखर्क नगरपालिका(७  का २८ वर्षीय मानबहादुर नेपाली  रहेका छन । 


महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङगामा जाँच गर्ने क्रममा विक्री वितरण गर्ने उद्देश्यले झोलामा लुकाई छिपाई राखेको अवस्थामा उनीहरुलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो । 


पक्राउ अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि प्रहरीले जिल्ला वन कार्यालय हात्तिसार पठाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex